पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनमा कति पुग्यो?

0 Shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँले बढाएको हो ।

यस्तै, मट्टितेल र डिजेलको मूल्य ४ रुपैयाँले बढेको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६५ पुगेको छ । डिजल र मट्टितेल प्रतिलिटर १४९ पुगेको छ । इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले पनि मूल्य बढाएको हो ।

यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले बताएको छ ।

सम्बन्धित समाचार