एनसेलको टावरमा बम विस्फोट, भेटियो जनमुक्तिको पर्चा

0 Shares

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित एनसेल टावरमा बम विस्फोट भएको छ ।

बुधबार राति बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट टावरका तारहरू जलेको छ । योसँगै आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको छ । यसअघि २ चैतमा सिन्धुलीकै सुनकोशी गाउँपालिका १ दुम्जामा नेपाल टेलिकमको टावरमा विस्फोट भएको थियो ।

सम्बन्धित समाचार