पौडी खेल्न गएका दुई युवाको मृत्यु

0 Shares

काठमाडौं । भोजपुरको आमचौक गाउँपालिका १० दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो १ बजे आमचोक ६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको डुबेर मृत्यु भएको हो ।

दुई जना डुबेको खबर पाएपछि इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । दुवै शव पोष्टमार्टमका लागि धरान घोपा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार