0
Shares
काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीको पर्व ईद उल (ईद) फित्रको अवसरमा चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको हो ।
सार्वजनिक बिदाको बारेमा गृह मन्त्रालयले एक सूचना जारी गदै ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
‘नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८० साल चैत्र २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।