0
Shares
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूलय तोलामा दुई हजार १०० रुपैयाँ बढेको हो ।
जसअनुसार अघिल्लो दिनको तुलनामा आज सुन तोलामा एक लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ । मंगलबार सुन तोलामा एक लाख ९५ हजार ५०० रुपैयाँ कायममा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा दुई हजार ३५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार दुई हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।