कक्षा ८ को नतिजामा अनियमितता गरेको भन्दै शिक्षा शाखामा तालाबन्दी

0 Shares

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाको शिक्षा शाखामा विद्यार्थी संगठनले ताला लगाइदिएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ति जारी गर्दै नगर शिक्षा शाखामा मंगलबार तालाबन्दी गरेका हुन् ।

कोहलपुर नगरपालिका स्तरीय कक्षा ८ को नतिजामा अनियमितता गरिएको र विभिन्न प्रकारका आशंका उत्पन्न भएपछि छानबिन गर्न भन्दै कोहलपुर नगरपालिका १२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो ।

समितिसमेत शंकाको घेरामा रहेको भन्दै पुनः नयाँ समितिको माग गर्दै विद्यार्थी संगठनले नगर शिक्षा कार्यालयमा तालाबन्दी गरेका हुन् । यसपटक कोहलपुर नगरपालिकामा सिसी क्यामरा जडान गरी कक्षा ८ र कक्षा १० को परीक्षा गराइएको थियो ।

कक्षा ८ को परीक्षाको नतिजालाई लिएर विभिन्न प्रकारको विवाद उत्पन्न हुनुका साथै शिक्षा शाखामा तालाबन्दी गरिएपछि मंगलबार नै नगरपालिकाले सर्वदलीयरसर्वपक्षीय छलफल कार्यक्रमको आयोजना पनि गर्ने जनाएको छ।

सम्बन्धित समाचार