काठमाडौं । इण्डिन प्रिमियर लिग (आईपीएल)मा सनराइज हैदराबादले पञ्जाब किंग्समाथि रोमाञ्चक तरिकाले दुई रनले जित निकालेको छ । १८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले ६ विकेट गुमाएर १८० रन बनाउँदा हैदराबाद दुई रनले विजयी भएको हो ।
पञ्जाबका शंकर सिंहले अविजित ४६ रन बनाए । तर टिमलाई जिताउन सकेनन् । यस्तै, आशुतोष शर्माले ३३, साम करनले २९, सिकन्दर राजाले २८, जितेश शर्माले १९ र शिखर धवनले १४ रन मात्रै बनाउन सक्यो ।
हैदराबादका भुवनेश्वर कुमारले २, प्याट कमिन्स, टी नटराजन, नितिशकुमार रेड्डी र जयदेवले एक एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको हैदराबादले नौ विकेट गुमाएर १८२ रन बनाएको थियो । पञ्जाबका लागि नितिशककुमार रेड्डीले सर्वाधिक ६४ रन बनाए । एक विकेटसमेत लिएका उनी प्लेर अफ दि म्याच भए ।
यस्तै, अब्दुल समादले २५, ट्रभिस हेडले २१, अभिशेक शर्माले १६, शहबाज अहमदले १४, राहुल त्रिपाठीले ११ रन बनाए । पञ्जाबका अर्शदीप सिंहले ४, साम कुरन र हर्सल पटेलले समान दुई र कागिसो रबाडाले एक विकेट लिए ।