दलहरूले विरोध जनाएपछि संसद बैठक स्थगित

0 Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक चैत २८ गते बुधबारसम्म स्थगित गरिएको छ ।

आजको बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचन गर्नेविरुद्ध छानविनका लागि संसदीय समिति गठन गर्नु पर्ने माग दोर्‍याएपछि सदन अवरुद्ध भएको थियो ।

सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेको बैठक विशेष कारण देखाई सूचना टाँस गरेर भोलि बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको हो ।

सम्बन्धित समाचार