काठमाडौं । साउदी अरेबिया भ्रमणमा रहेको लियोनल मेस्सीको इन्टर मियामी टोली क्रिष्टियानो रोनाल्डोको टोली अल नासरसँग लज्जास्पद हार व्यहोरेको छ ।
बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा मियामी नासरसँग ६-० गोलको फराकिलो अन्तरले पराजित भएको हो । अल नासरको जितमा टालिस्काले ह्याट्रिक गरे ।
ओटाभियो, आइमेरिक लापोर्टे र मोहमद मरानले समान एक९एक गोल गरे । ओटाभियोले तेस्रो मिनेटमै गोल गर्दा मियामी पछाडि परेको थियो ।
टालिस्काले १० औँ मिनेटमा पहिलो गोल गर्दा नासरले अग्रता दोब्बर बनायो । आइमेरिकले १२ औँ मिनेटमा तेस्रो गोल गरेका थिए ।
पहिलो हाफमा ३ गोल गरेको नासरले दोस्रो हाफमा थप ३ गोल थप्यो । ५१ औँ मिनेटमा पेनाल्टी प्रहार गर्दै टालिस्काले ब्यक्तिगत दोस्रो गोल गरे ।
६८ औँ मिनेटमा मोहमद मरानले गोल थपेका थिए । ७३ औँ मिनेटमा मोहमद मरानले गोल गरेपछि अल नासर ६–० को फराकिलो अन्तरले विजयी भयो ।
खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो इन्जुरिका कारण खेलेका थिएनन् भने लियोनेल मेसी ८४ औँ मिनेटमा मैदानमा प्रवेश गरेका थिए ।