काठमाडौं । पछिल्लो पाँच दिनमा नेपालका चर्चित तीन गायकहरूले सम्बन्धबारे समाचार आयो । गत बिहीबार चर्चित गायक राजेश पायल राईको सम्बन्ध विच्छेद गरे ।
गायक राईले सम्बन्ध विच्छेद गरेको समाचार सेलाउन अर्थात भोलिपल्दै अर्का गायक रवि ओडविरूद्ध श्रीमतीले वैवाहिक बलात्कारको उजुरी गरेको दिएको समाचार आयो । उनीहरूको सम्बन्धबारे समाचार आएको केही दिनमै अर्का गायक निशान भट्टराईको सम्बन्ध विच्छेद भएको छ ।
गायक राईले चैत्र १५ गते बिहीबार काठमाडौं जिल्ला अदालतमा श्रीमती साङ्गवुङ राईसँग सम्बन्ध विच्छेद गरेका हुन् । जिल्ला अदालत काठमाडौंका अनुसार उनीहरूले मिलापत्रमा सम्बन्ध विच्छेद गरेका हुन् । उनले जस्तै अर्का गायक भट्टराईले पनि मिलापत्रमा नै सम्बन्ध विच्छेद गरेका हुन् ।
सम्बन्ध विच्छेद गर्नका लागि गायक राई आफैले गत साउन २१ गते मुद्दा दायर गरेका थिए । मुद्दा दायर भएको लामो समयपछि उनीहरूले सहमतिमा सम्बन्ध विच्छेद भएको हो ।
यस क्रममा गायक राईले श्रीमतीलाई झण्डै पाँच करोड रुपैयाँ पर्ने तीन तले घर दिएका छन् । नक्सालमा रहेको उक्त घरसहित राईले श्रीमती साङ्गवुङ राईलाई थप ५० लाख नगद दिने सहमति गरेका छन् । साथै, थप एक करोड रूपैयाँ र काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि लिने दिने लिखित सहमति भएको बुझिएको छ ।
उनीहरूको दुई वर्षीय छोरा छन् । छोराको सबै पालन पोषणसहित शिक्षाको जिम्मेवारी गायक राईले लिएका छन् । उनीहरूले छोरा जन्मिएपछि विं.सं. २०७८ असोजमा विवाह दर्ता गरेका थिए ।
आफूभन्दा २६ वर्ष कान्छी साङ्गवुङसँग दुई वर्षसम्म राजेश पायलको गोप्य अफेयर चलेको थियो । उनीहरूको भेट हुँदा राजेश पायल ४० काटिसकेका थिए । साङ्गवुङ उमेरले नाबालिग थिइन् ।
फ्यानको रूपमा नजिकिएकी साङ्गवुङलाई राजेश पायलले पछि प्रेमिका बनाए । उनीहरूबीच छोरा जन्मिएपछि श्रीमतीका रुपमा घरमै ल्याएर राखेका थिए । तर विवाह भएको थिएन । बच्चा जन्मिएपछि उनीहरूको स्वतः विवाह दर्ता भएको थियो ।

यता, नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप गायक भट्टराईले श्रीमती तथा मोडल ऋचा न्यौपानेसँग सम्बन्ध विच्छेद गरेका हुन् । सम्बन्धमा दरार आएपछि उनीहरूले सहमतिमै सम्बन्धलाई टुंग्याएको बताइएको हो । उनीहरूले चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्ध बिच्छेद गरेका हुन् ।
‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र मरिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ,’ अदालतको आदेशमा भनिएको छ ।
उनीहरूले ०७७ सालमा कानूनी विवाह गरेका थिए । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले विवाह गरेका थिए ।
यसअघि गायक ओडविरुद्ध जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको छ । उनकै श्रीमतीले दिएको जाहेरीका आधार पुर्जी जारी भएको हो । आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनको श्रीमतीले गत २० गते जाहेरी दिएकी थिइन् ।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत ओडकी पत्नीले जाहेरी दिएकी हुन् । गायक ओड नेपाल आइडल सिजन २ का विजेता हुन् । उनको घर कृष्णपुर नगरपालिका, गुलरिया हो ।