माइलेज च्याम्पियन सम्पन्न, चन्देश्वर सिंह विजयी

0 Shares

महोत्तरी । रामजानकी अटो बर्दिबासले बिर्ता फुटबल मैदान गौशालामा ‘माइलिज च्याम्पियर्न’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । मोटरसाइकलको माइलेज प्रतिस्पर्धामा कुल ६५ सहभागीले आ-आफ्नो दक्षता प्रस्तुत गरेका थिए ।

यस प्रतिस्पर्धामा चन्देश्वर सिंहले ८९ किलोमिटरको उत्कृष्ट माइलेज हासिल गरी ‘विजेता’ बन्न सफल भए । त्यस्तै, शत्रुधन महतो ८३ किलोमिटर माइलजेसहित ‘पहिलो उपविजेता’ बने भने ८० किलोमिटर माइलेजसहित ‘दोस्रो उपविजेता’को उपाधि गोपाल महतोले प्राप्त गरे ।

कार्यक्रमले मोटरसाइकल प्रयोगकर्तामा इन्धनको उचित उपयोग र माइलेज वृद्धि गर्ने प्रविधि र सीपप्रति रुचि बढाएको आयोजकहरूले जनाएका छन् । उक्त कार्यक्रममा सहभागीहरूलाई स-धन्यवाद प्रमाण पत्र/सम्मान पत्र पनि प्रदान गरिएको थियो ।

माइलिज च्याम्पियन सफल रुपमा सम्पन्न भएको जानकारी गराउँदै प्लाटिना मोटरसाइकलको किफायति बारेमा आम जनमानसमा जानकारी हुने कम्पनीको विश्वास रहेको छ ।

रामजानकी अटो बर्दिबासले आगामी दिनमा पनि यस्ता प्रेरणादायक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित समाचार