पूर्वमन्त्री चढेको गाडी धादिङमा दुर्घटना, मन्त्रीसहित चार जना घाइते

0 Shares

काठमाडौं । पूर्व मन्त्रीसमेत रहेका जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान चढेको गाडी दुर्घटना भएको छ ।

काठमाडौंबाट चितवन जाँदै गरेको बीएसी २७३५ नम्बरको उनी चढेको गाडी धादिङको कृष्णभिरमा दुर्घटना भएको हो । उपाध्यक्ष खानसहित गाडीमा चार जना थिए ।

अर्को गाडी जोगाउन खोज्दा पूर्वमन्त्री चढेको गाडी भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा खानसहित गाडीमा सवार चारै जना सामान्य घाइते भएका छन् ।

उनीहरूको मलेखु राजमार्ग सामूदायिक अस्पतालमा उपचारपछि काठमाडौंको ट्रमा सेन्टर रेफर भएको धादिङका एसपी गौतम कसीले जानकारी दिए ।

सम्बन्धित समाचार