0
Shares
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न बोर्ड बैठक सुरु भएको हो ।
एसइइको नतिजा प्रकाशित गर्ने गरी बैठक बोलाएकाले आज बेलुकासम्म नतिजा प्रकाशित गर्ने तयारी गरेको बोर्डका एक कर्मचारीले बताए । आजै नतिजा निकाल्ने भएकाले बैठक बसेको हो । आज बेलुकासम्म नतिजा आउछ । यदी आज नतिजा प्रकाशित गर्ने भए खबरै सार्वजनिक हुने थिएन ति कर्मचारीले भने । तर, देशमा ठुलै बेपत्ति आए मात्रै नभए आज बेलुका नतिजा प्रकाशित हुनेमा ति कर्मचारीले दाबी गरे ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।