दुई बलरले आठ विकेट लिएपछि गुजरातको तेस्रो हार

0 Shares

काठमाडौं । गएराति सम्पन्न इण्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्स लखनउ सुपर जायन्ट्ससँग ३३ रनले पराजित भएको छ । यश ठाकुर र क्रुनाल पाण्ड्याले घातक बलिङ गरेपछि १६४ रनको लक्ष्य पछ्याएको गुजरात १८.५ ओभरमा मात्र १३० रनमा समेटियो ।

लखनउका लागि ठाकुरले ३.५ ओभर बलिङ गर्दै एक मेडनसहित मात्र ३० रन खर्चेर पाँच विकेट लिए । पाण्ड्याले ४ ओभरमा मात्र ११ रन खर्चँदै ३ विकेट लिए ।

गुजरातका लागि साइ सुदर्शनले ३१ रन तथा राहुल तेवाटियाले ३० रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले रन बनाउन सकेनन् । कप्तान शुभमन गिलले १९ तथा विजय शंकरले १७ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले मार्कस स्टोइनिसको अर्धशतकको मद्दतले निर्धातिर २० ओभरमा पाँच विकेटको क्षतिमा १६३ रन बनाएको थियो ।

उनलाई कप्तान केएल राहुलले ३३ रन तथा निकोलस पुरनले ३२ रन बनाउँदै साथ दिए । आयुश बडोनीले ११ बलमा २० रनको योगदान दिए । गुजरातका लागि उमेश यादव र दर्शन नलकन्डेले २–२ विकेट लिए ।

चार खेलमा लखनाउको तेस्रो जीत हो । टोली ६ अङ्कसहित तेस्रो स्थानमा छ । गुजराजत भने ५ खेलमा तेस्रो हार बेहोर्न बाध्य बनेको छ । ४ अङ्कसहित टोली सातौँ स्थानमा सीमित छ ।

सम्बन्धित समाचार