भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि कारबाही सुरु

0 Shares

काठमाडौं । काठमाडौंको भद्रकालीमा हिँडिरहेका भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि कारबाही हुने भएको छ । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गरी उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको जनाएको हो ।

शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । यही क्रममा बाटोमा हिँडिरहेका दुई जना भिक्षुमाथि प्रहरीले दुर्व्यवहार गरी लात्ती हानेका थिए ।

एक जना भिक्षुमाथि प्रहरीले पछाडिबाट लात्ती प्रहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । धेरैले उक्त भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै गृहमन्त्री रवि लामिछाने र नेपाल प्रहरीको आलोचना गरेका थिए ।

सोही घटनामा नेपाल प्रहरीले भिक्षुमाथि भएको दुर्व्यवहारको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सम्बन्धित समाचार