आज यी प्रदेशमा वर्षाको सम्भावना, भोलि र पर्सीको मौसम कस्तो ?

0 Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकाले देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहको छ ।

आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

देशको पहाडी भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कोशी प्रदेश र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी देशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भागको थोरै स्थानमा र बाँकी पहाडी भागको एक दूई स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

पर्सी देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भागमा मुख्यतया सफा रहने छ । देशको पहाडी भागको थोरै स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार