0
Shares
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर बसेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आइतबारकै मूल्यमा कारोबार भएको हो ।
जसअनुसार आज सुनको मूल्य तोलामा एक लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
चाँदीको मूल्य आइतबारको तुलनामा १० रुपैयाँ बढेको छ । आज चाँदी तोलामा २ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।