मन्जुश्री फाइनान्सको इन्स्टा फण्ड ट्रान्सफर सेवा सञ्चालनमा, निशुल्क अन्तर बैंक रकमान्तर

0 Shares

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेड डिजिटल सेवालाई उत्कृष्ट बनाउँदै ग्राहकलाई दिईरहेको सेवालाई अझै प्रभावकारी बनाउन इन्स्टा फण्ड ट्रान्सफर मार्फत निशुल्क अन्तरबैंक रकमान्तरको सेवा सुरु गरेको छ ।

मन्जुश्री फाइनान्सको मोबाइल बैंकिङ एप मन्जुश्री स्मार्ट मा रहेको इन्स्टा फण्ड ट्रान्सफर पिकल्पमा गइ एनपिएसमामा आबद्ध बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकमान्तर गर्न सकिने फाइनान्सले जनाएको छ । ग्राहकवर्गको डिजिटल अनुभवलाई अझै उत्कृष्ट र सहज बनाउने उद्धेश्यले सो सेवालाई एपमा समेटिएको फाइनान्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फाइनान्सले हाल २७ शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट १ लाख ५० हजार भन्दा बढीलाई सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार