अकबरे खुर्सानीको मूल्य बढ्यो

0 Shares

काठमाडौं । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्यवृद्धि भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको देखाएको हो ।

आज आइतबार अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा ७० रुपैयाँ वृद्धि भएको छ । हिजो शनिबार अकबरे खुर्सानी प्रतिकिलो थोकमा औसत २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

आज भने अकबरे खुर्सानीको प्रतिकिलो थोक मूल्य औसतमा २ सय ८० रुपैयाँ कायम छ ।

सम्बन्धित समाचार