0
Shares
काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका ५ स्थित बेलचौतारामा गुडिरहेको यात्रुबाहक बसबाट खसेर एक यात्रु घाइते भएका छन् ।
शनिबार राति पोखराबाट खैरेनीटारतर्फ जाँदै गरेको ना ५ ख ४८६६ नम्बरको यात्रुबाहक बसबाट एक यात्रु असन्तुलन भइ सडकमा खसेका थिए ।
घटनापछि स्थानीय बासिन्दाले तत्काल घाइतेलाई उद्धार गरी जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारामा भर्ना गराएका छन् ।
प्रहरीका अनुसार बसको ढोका गुडिरहेको अवस्थामा खुला राखिएकाले दुर्घटना भएको जनाइएको छ ।