चालू आवको ११ महिनामा नेपालबाट वस्तु निर्यात २ खर्ब ४७ अर्ब पुग्यो, कुल वैदेशिक व्यापार कति ?

0 Shares

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालू आर्थिक वर्षको ११ महिना अवधीमा नेपालको वैदेशिक व्यापार १८.८० प्रतिशतले वृद्धि भएर १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँ पुगेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो वर्षको जेठ मसान्त सम्ममा नेपालबाट २ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

चालू आर्थिकको ११ महिनामा १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेवा आयात भएको हो । जेठसम्म नेपालको व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रहेको छ ।

सम्बन्धित समाचार