0
Shares
काठमाडौँ । सरकारले तीन आर्थिक पत्रकार संस्थालाई एक-एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् नेपाल आर्थिक पत्रकार समाज (सेजन), नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र महिला आर्थिक पत्रकार संघ (फेजा) लाई एक-एक करोड रुपैयाँका दरले बजेट विनियोजन गरिएको हो ।
यी तीन वटै संस्थालाई अनुदान उपलब्ध गराउन सूचना प्रविधि तथा सञ्चार मन्त्रालयबाट उक्त रकम विनियोजन गरेको जनाइएको छ । यसअघि यस्तो अनुदान अर्थमन्त्रालयबाट वितरण हुँदै आएको थियो ।
