अमलेखगञ्जको जंगलमा बाघले खाँदै गरेको अवस्थामा एक जनाको शव फेला

0 Shares

बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१, अमलेखगञ्जमा बाघको आक्रमणबाट एक स्थानीयको ज्यान गएको छ । बाघको आक्रमणमा परी स्थानीय ५० वर्षीय चन्द्रबहादुर ब्लोनको मृत्यु भएको हो ।

मङ्गलबार दिउँसो गाउँ नजिकैको जंगलमा बाख्रा चराउन गएका ब्लोनको शव बुधबार बिहान दक्षिणकाली सामुदायिक वन क्षेत्रमा फेला परेको हो । मंगलबार दिउँसो स्थानीय जंगलमा बाख्रा चराउन गएका ब्लोन राति अबेलासम्म पनि घर नफर्किएपछि आफन्त र स्थानीयले उनको खोजी सुरु गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार उनी स्थानीय वीरबहादुर थिङका कामदार हुन्।

जीतपुरसिमरा वडा नम्बर २१ का वडाध्यक्ष सुवास श्रेष्ठका अनुसार, जंगलमा खोज्दै जाने क्रममा बाघले क्षतविक्षत पारेर खाँदै गरेको अवस्थामा स्थानीयले ब्लोनको शव फेला पारेका थिए ।

शव फेला परेपछि तत्कालै प्रहरी, जनप्रतिनिधि र स्थानीयबासी घटनास्थल पुगेका छन्। अविवाहित ब्लोन लामो समयदेखि दिदीभिनाजुको घरमा बस्दै आएका थिए ।

सम्बन्धित समाचार