0
Shares
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको हो ।
योसँगै बुधबार सुनको मूल्य तोलामा एक लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार तोलामा एक लाख ९५ हजारमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य बुधबार प्रतितोला ६५ रुपैयाँले वृद्धि भएको छ। आज चाँदी प्रतितोला दुई हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।