0
Shares
सिरहा । जिल्लाको धनगढीमाई नगरपालिका १३ स्थित डावर र नैनपुरटोलमा खानेपानी आयोजना सम्पन्न भएको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरमार्फत १० करोड ९४ लाख लागतमा पाँच वर्षपछि निर्माण सम्पन्न भएको आयोजनाबाट वडा नं ११, १२ र १३ का परिवार लाभान्वित भएका छन् ।
परीक्षणका रूपमा उपभोक्तालाई पानी वितरण गरिएको डावरटोल नैनपुरटोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सर्वण ठकुरीले जानकारी दिए ।
उनले खानेपानी तथा सरसफाइँ मन्त्री प्रदीप यादवले असार ५ गते आयोजनाको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको बताए ।