उद्धार गरिएका डाक्टरले गृहमन्त्रीलाई भने- कांग्रेसी भएकाले टार्गेटमा परेँ

0 Shares

काठमाडौं । सोमबार बिहान फेसबुकमा भावुक स्टाटस लेखेर बेपत्ता भएका तर प्रहरीले नागार्जुनको रिसोर्ट नजिकैबाट सकुशल उद्दार गरेका डाक्टर केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् ।

मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री लेखकलाई भेटेका उनले आफू बागमती प्रदेशका १३ अस्पतालमध्ये एक मात्र डेमोक्रेट (कांग्रेसी) डाक्टर भएकाले टार्गेटमा परेको स्पष्टीकरण दिएका छन् ।

उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको टार्गेटमा परेको बताउँदै कांग्रेसकै नेताले गुण्डागर्दी गरेपछि बेपत्ता हुनु परेको बताएका थिए ।

गृहमन्त्रीसँग कुरा गर्दै उनले माओवादीका एक पूर्वसांसदकी छोरीलाई स्पष्टीकरण सोधेपछि आफूमाथि दुष्मनी राखिएको बताए ।

सम्बन्धित समाचार