श्रीमतीलाई भेट्न होटलमा पुगेका युवकको मृत्यु

0 Shares

काठमाडौं । हेटौंडा उपमहानगर १० बसपार्कस्थित रोशन होटल एण्ड लजमा श्रीमती भेट्न पुगेका एक युवकको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगर १२ पदमपोखरी स्थायी घर भएका करिब ३० वर्षीय अमित मोक्तानको सोमबार राति मृत्यु भएको हो ।

उनकी श्रीमती ममता प्रजा सोही होटलमा काम गर्दै आएकी थिइन् । अमित होटलको छतबाट खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार होटलको तेस्रो तलस्थित छतमा पुगेका मोक्तान रेलिङबाट खसेर भुईंमा बजारिएका थिए । प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई राति नै चितवनस्थित भरतपुर अस्पतालमा रिफर गरिएको थियो ।

उनलाई मंगलबार बिहान चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार