0
Shares
काठमाडौं । कलंकीमा स्कुल भ्यान दुर्घटना भएको छ ।
कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलको कम्पाउण्डभित्र सोही स्कुलको भ्यान दुर्घटना हुँदा ९ वर्षीया बालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।
दुर्घटनामा परेर घाइते भएकी सोनाक्षी यादवको मृत्यु भएको शहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
स्कुलबाट बाहिर निस्कने क्रममा स्कुल गेटको पिलरमा ठोक्किएर भ्यान दुर्घटना भएको थियो । सो क्रममा स्कुलका बालबालिका र शिक्षक घाइते भएका थिए ।
घाइते हुनेहरुमा ८ वर्षीया रेश्मा मोक्तान, ९ वर्षीया नेशिया थापा, ९ वर्षीया निकिशा डंगोल, ११ वर्षीया सिमरन खड्का र ९ वर्षीया प्रेमिसा घर्तीमगर घाइते रहेका छन् । यस्तै स्कुलका प्राधानन्यापक ४६ वर्षीया सुरज पोख्रेल र चालक ६० वर्षीय हर्कबहादुर कार्की पनि घाइते भएका छन् ।