0
Shares
काठमाडौं । उच्च अदालत, पाटनले पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
सोमबार उच्च अदालतका न्यायाधीश ऋषिराज भण्डारीको इजलासले यस्तो आदेश दिएको छ।
विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो । आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै पत्रकार पाठक उच्च अदालत पाटन पुगेर निवेदन दिएका थिए ।