करोडभन्दा कमका योजना नल्याउने निर्णय गरेको मधेश सरकार १० लाखसम्मका ल्याउँदै

0 Shares

जनकपुरधाम । मधेश सरकारले विगत वर्षहरू झैं खुद्रे योजना समावेश गरेर बजेट ल्याउने भएको छ ।

आज मधेश सरकारले प्रस्तुत गर्न लागेको बजेटमा १० लाखसम्मका पनि योजना समावेश भएको स्रोतले जानकारी दिएको छ । जबकी मधेश सरकारले आगामी आर्थक २०८२/०८३ मा एक करोड भन्दा कमका योजना नल्याउने निर्णय गरेको थियो ।

२५ चैतमा बसेको मधेश सरकारको प्रदेश विकास समस्या समाधान समितिको बैठकमा न्यूनतम सीमा एक करोड भन्दा कमको आयोजना बजेटमा समावेश नगराउने निर्णय गरेको थियो ।

 

सम्बन्धित समाचार