नेपाल र आयरल्याण्डको ए टोलीबीच खेल हुँदै, इज्जत जोगाउनु पर्ने दबाबमा नेपाल

0 Shares

काठमाडौं । कीर्तिपुरस्थिति त्रिवि मैदानमा आज नेपाल ए र आयरल्याण्ड ए बीचको एक दिवसीय सिरिजको अन्तिम खेल हुँदै छ । खेल बिहान ९ः३० बजेदेखि शुरु हुने भएको हो ।

नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भइसकेको छ । पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट हुँदा दोस्रो खेलमा १७५ रनको लक्ष्य पछ्याएको नेपाल ६० रनमा अल आउट भएको थियो ।

नेपालका सिनियर टोलीका भीम सार्की, आरिफ शेख, अर्जुन साउद र देव खनाल छन् । सिरिज गुमाइसकेको हुँदा नेपाल क्लिन स्वीपबाट बच्नु पर्ने दबाबमा छ ।

उता आयरल्याण्ड ए ले पनि आफ्ना मौका नपाएका खेलाडीलाई आज मौका दिने सोचमा हुनेछ । आयरल्याण्ड नेपालको सिनियर टोलीसँग दुई टी २० खेलमा दुवैमा पराजित भएको थियो । नेपाल ए लाई तीन टी २० खेलमा २–१ ले हराएको थियो ।

सम्बन्धित समाचार