0
Shares
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रूपैयाँले बढेको हो ।
शुक्रबार तोलामा एक लाख ९७ हजार १०० रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार बढेर तोलामा एक लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य स्थिर बनेको छ । शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार सोही मूल्यमा कारोबार भइरहेको छ ।