चितवन जाँदै गरेको माइक्रो दुर्घटना, १९ जना घाइते

0 Shares

काठमाडौं । काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो बस दुर्घटना भएको छ । बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार माइक्रोमा १९ जना सवार थिए । दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पताल लगिएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीेले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार