0
Shares
धादिङ । जिल्लाको थाक्रे गाउँपालिका ८ सोप्याङ खोलामा आज बिहान मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ ।
हाप्सेचौरतर्फबाट फोकटपुर आउँदै गरेको बा प्र ०२-०५० प ९६२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा थाक्रे गाउँपालिका ८, फोकटपुरका २२ वर्षीय सुमन थापाको मृत्यु भएको हो ।
मुख र ढाडमा गम्भीर चोट लागेका थापालाई प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक स्वास्थ्य केन्द्र गजुरी पुर्याइएको थियो ।
“दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो, तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको देखिन्छ” प्रहरी नायब उपरीक्षक सुवास हमालले हमालले भने ।