काठमाडौँ । नेकपा माओवादी केन्द्रले जिल्ला अदालत काठमाडौँले समाचार हटाउन दिएको आदेश र पत्रकार दिलभुषण दाहाललाई जारी भएको पक्राउपूर्जीविरुद्ध बोलेको छ।
पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बिहीबार विज्ञप्ति जारी गर्दै अदालतको आदेश र पक्राउपूर्जीबारे ध्यानाकर्षण भएको जनाएको छ।
जिल्ला अदालत काठमाडौँले मंगलबार बिजमाण्डु र नेपाल खबरमा प्रकाशित समाचार हटाउन अन्तरिम आदेश दिएको थियो भने पाठकले प्रसारण गरेको समचारलाई लिएर पक्राउपूर्जी जारी गरेको थियो।
त्यसको पत्रकार संघसंगठनले विरोध गरिरहेका छन्। बिहीबार माओवादी केन्द्रले नै अदालतको उक्त गदमप्रति आपत्ति प्रकट गरेको छ।
समाचार त्रुटि भए त्यसलाई समाधान गर्ने प्रेस काउन्सिललगायत निकाय रहेकोमा सरकारले प्रत्यक्षरुपमा पक्राउपूर्जी जारी गरेर असहिष्णुता र दमनको नीति लिएको माओवादीको ठहर छ। जुन लोकतन्त्रको मर्मविपरित रहेको पनि माओवादीले बताएको छ।
पक्राउपूर्जी फिर्ता लिन पनि माओवादीले माग गरेको छ।