एभरेष्ट कलरको आइपिओ लक्ष्मी सनराइज क्यापिटलले निष्काशन गर्ने

0 Shares

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले निकट भविष्यमा सार्वजनिक निष्कासन गर्न लागेको ७ लाख ९० हजार कित्ता साधारण शेयरको लागि प्रत्याभुति सम्झौता सम्पन्न गरेको छ।

आज सम्पन्न भएको औपचारिक कार्यक्रममा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुइटेल र प्रत्याभूतिकर्ता लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।

नेपाल सरकारको शहरी विकास तथा भवन निर्माण विभागको सूचीकृत, ISO 9001:2015 प्रमाणिकरण प्राप्त र नेपाल गुणस्तर चिन्ह प्राप्ति प्रक्रियामा रहेको एभरेष्ट कलर लिमिटेडले विशेषतः स्वदेशी युवाको लगानीमा स्थापित भएर नेपाली भौतिक पूर्वाधार क्षेत्रमा गुणस्तरीय रंग उत्पादन गरिरहेको छ। यस कम्पनीले आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा आन्तरिक राजस्व वृद्धिमा योगदान पुर्‍याउँदै देश सेवा गर्ने उद्देश्य बोकेको छ।

कम्पनीले हालै केयर रेटिंग्स नेपाल लिमिटेडबाट ‘डबल बी माइनस (BB-)” को रेटिंग प्राप्त गरेको छ, जुन कम्पनीको स्थायित्व र भविष्यमा लगानीकर्ताको विश्वास निर्माणमा महत्वपूर्ण मानिन्छ।

अन्य रङ्ग उद्योगभन्दा फरक ढंगले अघि बढिरहेको एभरेष्ट कलरले “रँगाउदै देश, मेरो एभरेष्ट कलर” भन्ने नारासहित देशको विकासमा योगदान पुर्‍याउने अठोट लिएको छ।

सम्बन्धित समाचार