उद्योगमा आगलागी हुँदा एक जनाको मृत्यु

0 Shares

काठमाडौं । ललितपुरको हात्तीवनस्थित एक मेटल उद्योगमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।

मृतकको पहिचान हुन नसकेको ललितपुरका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार घटना आज बिहान ६ बजेतिर भएको थियो ।

आगलागीको कारण नखुले पनि विद्युत् चुहिएको आशंका गरिएको सुवेदीले बताए । उनका अनुसार सोफा बनाउने ‘सिक्मा मेटल इन्टेक्स प्रा.लि’मा आगलागी भएको र अहिले आगो नियन्त्रणमा आइसकेको छ ।

क्षतिको विस्तृत विवरण संकलन भइरहेको बताउँदै प्रउ सुवेदीले प्रारम्भिक रुपमा हेर्दा फ्याक्ट्रीमा रहेका सोफा तथा कच्चा पदार्थ जलेर नष्ट भएका जानकारी दिए ।

सम्बन्धित समाचार