पत्रकार दिलभूषण पाठकविरुद्ध किन भयो पक्राउ पुर्जी ?

0 Shares

काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ पुर्जी जारी भए पनि पाठकविरुद्ध कसले, के आरोपमा उजुरी हालेको हो? भन्ने गोप्य राखिएको छ । तर, पाठकविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

पाठकले तीन हप्ताअगाडि आफ्नो युट्युब च्यानलमा विवादित होटल हिल्टनको शेयर खरिद बिक्रीबारे समाचार पोष्ट गरेका थिए । त्यसमा पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका एक्ला छोरा जयवीरबारे चर्चा गरेका छन् ।

यस्तै, दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म रियलस्टेट बिजनेस फैलाएको र शंकर ग्रुपको मुख्य लगानी रहेको नक्शालस्थित पाँच तारे होटल हिल्टनमा पनि जोडिएको दाबी गरेका थिए ।

यस सम्बन्धमा शंकर ग्रुपले गत वैशाख २१ गते विज्ञप्ति जारी गरी खण्डन गरेको थियो । तर, त्यसविरुद्ध कानुनी प्रक्रिया अपनाउने उल्लेख थियो । त्यसैले पत्रकार पाठकलाई यही विषयमा पक्राउ पुर्जी जारी भएको हुन सक्ने अनुमान छ ।

सम्बन्धित समाचार