0
Shares
काठमाडौँ । काठमाडौं टोखा क्षेत्रमा मंगलबार दिउँसो प्रहरीले गोली चलाउँदा दुई जना लागुऔषध कारोबारी घाइते भएका छन्।
लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) का प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाका अनुसार ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको आशंकामा प्रहरीले एउटा समूहलाई पछ्याइरहेको क्रममा प्रतिकार भएपछि नियन्त्रणका लागि गोली चलाउनु परेको हो।
गोली लागेर दुई जना घाइते भएका छन् भने उनीहरूलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ। घाइतेहरुको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन।
प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। घटनाबारे विस्तृत विवरण भने आउन बाँकी छ।