जेष्ठ १७ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८२ जेष्ठ २७ गते मंगलबार । सन् २०२५ जुन १० तारिख । नेपाल सम्बत ११४५ तछलाथ्व चतुर्दशी सिद्धार्थी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल चर्तुदशी तिथि । आज बिहान ५ बजेर ७ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५९ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

लगानीपछि कममात्र फाइदा हुने समय छ । बेलैमा विवेक नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आजको दिन आगो तथा हातहतियारबाट विशेष सावधान रहनु हितकर होला । आलोचना गर्नेहरू सक्रिय रहन सक्छन् । पतिपत्नीबीच केही चिसोपन वृद्धि हुने देखिन्छ ।

बृष

शुभदायी नै छ । कामको कदर भइ प्रतिष्ठा बढ्नेछ भने पढाइलेखाइ तथा ब्यापार–व्यवसायमा प्रगति हुने समय रहेको छ । जागिरमा भने आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने सम्भावना छ । विवाद बढ्ने एवम् कसैबाट अपमानित होइने सम्भावना पनि रहेकोले व्यवहारमा विशेष सजगता अपनाउनु उचित हुनेछ ।

मिथुन

आत्मविश्वास जागृत हुनुका साथै प्राविधिक काममा विशेष सफलता प्राप्त हुने समय छ । अल्झेको काम बन्नाले मनमा एक किसिमको उल्लास छाउला । पढाइमा भनि खासै प्रगति हुने छैन । वैदेशिक क्षेत्रको लगानी खेर नजाने देखिन्छ ।

कर्कट

रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । कुरा काट्ने हरुको मुख बन्द हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिने समय छ । वैदेशिक तथा ब्यापारिक कामकाजमा विशेश फाइदा होला ।

सिंह

आजको दिन केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । विशेषगरी स्वास्थ्यगत समस्याका कारण नियमित कार्यमा समस्या आइपर्न सक्छ । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुने सम्भावना छ । मनमा पीडाले डेरा जमाउन सक्छ । चोटपटकको भय पनि छ, सावधान रहनु उचित होला ।

कन्या

व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्ने समय भएपनि पढाइलेखाइमा प्रगति हुनेछ । धनजनको वृद्धि होला । महत्वपूर्ण काम धेरै बन्नेछन् भने लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु भेटिनेछन् । परिवारसँग आत्मीयता बढ्ने छ । प्रेम प्रस्तावको पनि सम्भावना छ । आरोग्यता रहने छ ।

तुला

पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने समय छ । आर्थिक क्षेत्रमा राम्रै लाभ हुने संकेत छ । ऋणसापटी लिन या दिन आजको दिन अनुकूल छ । ब्यापार, कृषि तथा वैदेशिक क्षेत्रमा दिन राम्रो छ । आम्दानी बढ्न सक्छ ।साहसिक काममा आकर्षण बढ्ने छ ।

वृश्चिक

रमाइलो भेटघाटले मनलाई हर्षित बनाउनुको साथै पराक्रम वृद्धि हुने समय छ । व्यापार–व्यवसायमा पनि सुधार आउला । यात्राको क्रममा लाभ मिल्ने योग छ । सन्तानपक्षबाट पनि सुख पाइने देखिन्छ । मनमा रहेको डर हटेर काममा उत्साह बढ्ला ।

धनु

स्वास्थ्य स्थितिमा अनुकूलता आउनेछ भने काम गर्न जाँगर चल्नेछ । तथापि, धेरै श्रम गरे पनि कामको कम मूल्याङ्कन हुने देखिन्छ । आम्दानी भए पनि रकम सञ्चित नहुन सक्छ । खर्च नियन्त्रणको प्रयास गर्नुहोला । कर्मबल बढ्ने छ । मिठो भोजन प्राप्त हुने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य बन्ने छ ।

मकर

परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पढाइलेखाइमा सफलता पाउने, आफन्तको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहनुका साथै खर्च वृद्धि हुने योग छ । कुरा काट्नेहरुबाट सतर्क रहनुपर्ला ।

कुम्भ

आम्दानीमा कमी नआउने, तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ । तथापि, खर्चभन्दा कमाइ नै बढी हुने योग छ । छरछिमेकबाट सरसहयोग प्राप्त होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मीन

विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने समय छ । अनौठो खबर सुन्न्न पाइएला । नयाँ शुरु गरिएका कामहरु सहजै बन्न सक्ने देखिन्छ । काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुनेछ । साझेदारीको काम बन्नेछ भने दाम्पत्यसुख बढ्ने छ ।

सम्बन्धित समाचार