पोखरामा युवकको हत्या

0 Shares

पोखरा । पोखरामा सोमबार बिहानै युवकको हत्या भएको छ । पोखरा महानगर १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा ३० देखि ३५ वर्ष उमेरको देखिने युवकको शव फेला परेको हो ।

मृतकको सनाखत हुन नसकेको कास्की प्रहरीले जनाएको छ । घटनास्थलमा हथौडासमेत भेटिएको र घटनाको प्रकृति हेर्दा हत्याजस्तो देखिने प्रहरीले जानकारी दिए ।

प्रहरी टोली अनुसन्धानका लागि घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार