अमेरिकाले निष्कासित गरेको ३७ नेपाली आइपुगे

0 Shares

काठमाडौं । अमेरिकाबाट निष्कासित गरिएका थप ३७ जना नेपाली काठमाडौं आइपुगेका छन् । उनीहरूलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं ल्याइदिएको हो ।

नेपालीहरू सवार अमेरिकी चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक सत्ता सम्हालेपछि आप्रवासीमाथि कडाइ गर्दै आएको छ ।

भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएका नेपालीलाई अमेरिकाले नियन्त्रणमा लिएर फर्काइदिएको हो ।

ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । डिपोर्ट हुनेमा दलाललाई मोटो रकम बुझाएर अवैध बाटो अमेरिका प्रवेश गर्ने धेरै रहेका छन् ।

सम्बन्धित समाचार