नागढुंगा-नौबिसे सडक थप पाँच दिन बन्द हुने

0 Shares

काठमाडौं । काठमाडौं प्रवेश गर्ने प्रमुख राजमार्ग नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ ।

सडक मर्मत तथा सुधार कार्य नसकिने भएसँगै जेठ २६ देखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा-मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड)ले जनाएको हो । राजमार्ग बिहान साढे १० बजेदेखि ३ बजेसम्म बन्द हुनेछ ।

अवधिमा साना तथा मझौला गाडीहरुका लागि सीतापाइला९रामकोट९धार्के सडक र सामाखुसी-टोखा-छहरे-त्रिशूली-गल्छी सडक विकल्पको रुपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार