0
Shares
काठमाडौं । रुपन्देहीको सम्मरीमाई गाउँपालिका ५ स्थित मर्चवार क्षेत्रमा २२ वर्षीया सिर्जना पाल मृत फेला परेकी छन् । उनको शव जलेको अवस्थामा फेला परेको हो ।
घरदेखि करिब १ किलोमिटर टाढाको खेतमा उनी मृत भेटिएकी हुन् । घटनालगत्तै पति प्रमोद पाललाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । अनुसन्धानमा प्रयोग गरिएको कुकुरले महिलाको घरसम्म पुर्याएको थियो ।
पक्राउ परेका पतिले सँगै सुतेको तर एक्कासी यस्तो घटना भएको प्रारम्भिक बयान दिएका छन् । उनीहरूको १५ महिनाअघि बिहे भएको थियो । उनीहरूको मागी विवाह भएको थियो ।