बालेनको पक्षमा लागेको भन्दै राजु पाण्डे निलम्बित

0 Shares

काठमाडौं । काठमाडौं महानगरको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीलाई दिइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले आफूलाई कार्यालयमा प्रवेश गर्न रोक्ने राजु पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरी जोशीलाई जिम्मेवारी दिएका हुन् ।

काठमाडौं भू टावरको निर्माणमा नीतिगत भ्रष्टाचार गरेको भन्दै मेयर बालेन शाहले गुरागाईले कार्यालय प्रवेशमा रोक लगाउँदै आएका थिए । यस क्रममा गुरागाईलाई संघीय सरकारले जिम्मेवारी सम्हाल्न भनेपछि पाण्डेले मेयरको पक्षमा वकालत गरी कार्यालय प्रवेश गर्न रोकेका थिए ।

आफूलाई कार्यालय प्रवेशमा रोकेका कारण गुरागाईले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गत चैत २१ गते कार्यालयमा हाजिर हुने क्रममा हुलहुज्जत गरेको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधिएका हुन् ।

पाण्डेले चित्त बुझ्दो जवाफ नदिएको भन्दै गुरागाईले कम्तिमा ६ महिनाका लागि निलम्बन गरेका हुन् । पाण्डे माथि महानगरका प्रमुख बालेन्द्र शाहको पक्षमा वकालत गर्दै आएको आरोप लाग्ने गरेको छ ।

सम्बन्धित समाचार