ज्वालामुखी गाउँपालिकालाई ३८ करोड ३६ लाख बजेट विनियोजन

0 Shares

काठमाडौँ । धादिङको ज्वालामुखी गाउँपालिकालाई ३८ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण (प्रदेश र स्थानीय तह) २०८२/८३ अनुसार सो बराबरको रकम छुट्टाइएको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले गत जेठ १५ गते आगामी वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बजेट सार्वजनिक गरेका थिए । जसमा कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीको जिल्ला धादिङले ५ अर्ब ४३ लाख रुपैयाँ बजेट पाएको थियो ।

कृषिमन्त्री अधिकारीको धादिङको दुई नगरपालिकाले १ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बजेट पाएका छन् । यस्तै ११ वटा गाउँपालिकालाई ३ अर्ब ९१ करोड ७४ लाख रुपैयाँ बजेट छुट्टाइएको छ । यो बजेट अनुसार प्रति नगरपालिका ५४ करोड ३४ लाख र प्रति गाउँपालिका औसतमा ३५ करोड ५४ लाख हुन आउँछ ।

विवरणअनुसार कृषिमन्त्रीकै निर्वाचन क्षेत्र रहेको नीलकण्ठ नगरपालिकाले ७२ करोड ७१ लाख रुपैयाँ पाउँदा अर्को नगरपालिका धुनिबेशीले भने ३५ करोड ९८ लाख रुपैयाँ मात्र पाएको छ । दुई नगरपालिका बिचको अन्तर ३६ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

गाउँपालिकामध्ये सबैभन्दा बढी बेनिघाट रोराङ गाउँपालिकालाई ४९ करोड ७ लाख र सबैभन्दा कम रुवीभ्याली गाउँपालिकालाई २१ करोड ९५ लाख बजेट विनियोजन गरेको छ ।

सम्बन्धित समाचार