रुकुम पश्चिम। रुकुम पश्चिमको मुसिकोट नगरपालिका १० चौरगाउँमा उत्पादन भएको १०३ क्वीन्टल लसुन काठमाडौं पठाएको छ।
गाउँका २८ घर परिवारले उत्पादन गरेको सो लसुन काठमाडौं पठाइएको हो। वडा कार्यालयको सहजीकर लसुन काठमाडौं पठाएको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार चौर गाउँका खीमबहादुर ओलीले यस याममा सबैभन्दा बढी १३ क्वीन्टल ३० किलो लसुन बिक्रीका लािग काठमाडौं पठाउँदा सबैभन्दा कम रमेश ओलीले एक क्वीन्टल चार किलो बिक्री गरे।
चौरगाउँमा उत्पादन भएको लसुन अझै बिक्री गर्न बाँकी रहेको वडाध्यक्ष खड्काले जानकारी दिए। लसुनलाई तीन ग्रेड ९ए, बि र सी०मा विभाजन गरेर बिक्री गरिएको हो।
किसानले ‘ए’ ग्रेड लसुनलाई प्रतिकिलो १२५, ‘बि’ ग्रेडलाई १०५ र ‘सि’ ग्रेडलाई प्रति किलो ६० मा बिक्री गरेका छन्। अब क्रमशः वडाको खर्सुपानी, गलम्पाटी, नमूनाबस्ती र खड्का टोलमा उत्पादन भएको लसुन बिक्री गर्ने तयारी वडाले गरेको छ।
सो उत्पादन भएको लसुनबाट बिक्रीबाट डेड करोड भित्रिने वडा कार्यालयले अनुमान गरेको छ। हाल वडामा २५० किसानले व्यावसायिक लसुन खेती गर्दै आएका छन्।