श्रीमतीले बलात्कारको जाहेरी दिएपछि गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी

0 Shares

काठमाडौं । गायक रवि ओडविरुद्ध जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको छ । उनकै श्रीमतीले दिएको जाहेरीका आधार पुर्जी जारी भएको हो ।

आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनको श्रीमतीले गत २० गते जाहेरी दिएकी थिइन् । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत ओडकी पत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

गायक ओड नेपाल आइडल सिजन २ का विजेता हुन् । उनको घर कृष्णपुर नगरपालिका, गुलरिया हो ।

सम्बन्धित समाचार