एसईई परीक्षाको जिम्मेवारी प्रदेश सरकारलाई दिने

0 Shares

काठमाडौं। सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षाको जिम्मेवारी प्रदेश सरकारबाट सञ्चालन गर्ने घोषणा गरेको छ।

संसद्‍मा बुधबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यसबारे घोषणा गरेका हुन्।

माध्यामिक शिक्षा परीक्षाको सञ्चालन प्रबन्ध प्रदेशबाट गरिने घोषणा अर्थमन्त्री पौडेलले गरेका हुन्। यसअघि एसईईको परीक्षा केन्द्र सरकारको मातहतमा रहँदै आएको छ।

सम्बन्धित समाचार