जेष्ठ १५ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८२ जेष्ठ १५ गते बिहीबार । सन् २०२५ मे २९ तारिख । नेपाल सम्बत ११४५ तछलाथ्व तृतिया तिथि । आज बिहान ५ बजेर ९ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५३ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

केही खर्च भए पनि दानपुण्य र भेटघाटमा खर्च हुनाले मनमा सन्तोष मिल्नुका साथै मानसिक सन्तुष्टि प्राप्त हुने दिन छ । सन्तानबाट सन्तोष प्राप्त होला । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । मिठो भोजन प्राप्ति र यात्रामा सफलता मिल्नेछ । विद्या, बौद्धिक क्षेत्रमा राम्रो छ ।

बृष

आर्थिक पक्ष सबल बन्ने र अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिने समय छ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । तथापि, नचिताएको काममा पैसा खर्च हुने योग छ, सावधान रहनुहोला । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

मिथुन

जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने समय छ । आज पढाइलेखाइका काममा पनि राम्रो हुने सङ्केत छ । सोचेका काम सजिलैसंग पुरा गर्न सकिनेछ भने लाभदायी यात्राको योग छ । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला ।

कर्कट

आजको दिन पारिवारिक जीवन सामान्य रहने छ तर लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् भने समस्याको हल हुनेछ । तथापि, मेहनतअनुसारको फल नपाइने योग छ । जोखिम बढ्नेछ, घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ ।

सिंह

साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । कुनै लाभदायक समाचार सुन्न पाइएला । तर, आज खर्च पनि बढ्ने देखिन्छ । सापटी दिएको पैसा फिर्ता नहुने योग छ । स्वाथ्यगत समस्याले सताउन सक्छ ।

कन्या

लामो समयदेखि रोकिएका काम बन्दै जाने समय छ । धनलाभ होला । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ । साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला । सामाजिक कामबाट प्रशंसा मिल्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला

मित्रजनबाट सहयोगका साथै सुख मिल्ने समय छ । नोकरीमा प्रशंसनीय कार्य गरिएला । आज तपाईंले नसोचेको ठाउबाट धन आर्जन गर्नसक्ने योग छ । साथीभाइले राम्रो साथ दिनेछन् भने मातापिताको आशीर्वाद पनि प्राप्त होला । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने सम्भावना छ ।

वृश्चिक

आजको धेरै समय घरेलु काममै अल्झनुपर्ने देखिन्छ । कामको बोझले थाकेको महसुस होला । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनसक्छ, धैर्य राख्नुहोला । कहीं कसैसंग विवाद वा झैझगडा हुनसक्ने योग छ । घर गृहस्थीमा समस्या आउन सक्छ । सवारी साधनको प्रयोगमा विशेष सजगता अपनाउनु होला ।

धनु

मिश्रित फलदायी दिन छ । कमी कमजोरीलाई सुधार गर्न सकिनेछ भने सन्तान पक्षबाट सन्तोष प्राप्त हुने देखिन्छ । धार्मिक स्थल आदिको भ्रमण हुन सक्छ । प्रक्रिया नमिल्नाले काम दोहोऱ्याउनुपर्ने स्थिति आउन सक्छ, सावधानीपूर्वक काम गर्नु उचित होला । अनावश्यक साइनो गाँस्नेहरूसँग आजको दिन विशेष सावधान रहनुहोला ।

मकर

व्यस्तता बढ्नेछ भने नियमित कार्य सन्तोषजनक नै रहनेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नसक्छ । स्वास्थ्य भने केही कमजोर रहे देखिन्छ, सजगता अपनाउनुहोला । लेनदेन कार्यमा नसोचेको समस्या देखिन सक्छ । आजको दिन विवादबाट बच्ने प्रयास गर्नुहोला ।

कुम्भ

सुखद समाचार सुन्न पाइनेछ । विविध लाभ पनि होला । रोकिएका काम बन्ने, नयाँ काम सुरु गर्न सकिने र विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रै साथ दिनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा हुने योग छ । धार्मिक तथा सामाजिक काममा अधितर समय बित्ने देखिन्छ ।

मीन

आजको दिन काममा खास जाँगर नलाग्न सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित होला । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । पढाइलेखाइमा समय दिन नसकिएला । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । आज सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।

सम्बन्धित समाचार